२०८३, आश्विन २२ गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप २० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप २० अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, चैत्र १० २०८१११:३६
आइतवार, चैत्र १० २०८१११:३६
  • images

    काठमाडौँ । बैंकिङ प्रणालीबाट तरलता खिच्ने क्रम रोकिएको छैन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट हप्तामा दुई पटक निक्षेप खिचिरहेको छ ।

    आइतबार पनि २० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज रकम उठाउन लागेको हो । यस्तो रकम बुधबार पनि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तानेको थियो ।

    राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी चैत्र ३१ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend