काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार अपराह्न साढे ३ बजेतिर भे१ ख ४१०७ नम्बरको ट्याङ्करले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको थियो । स्थानीयका अनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एल.के.जी.मा अध्ययनरत थिए ।
स्कुलबाट फर्किँदै गर्दा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा पछि ट्याङ्करले किचेको प्रत्यक्षदर्शीले जानकारी दिए ।प्रहरीका अनुसार दुबै जना अन्दाजी ९÷१० वर्षका सहोदर दाजु भाइ हुन । घटनापछि स्थानीय बासिन्दाले ट्यांकरमा आगजनी गरिदिएका छन् । घटनास्थल तनावग्रस्त बनेको छ ।
प्रहरी र स्थानीय बासिन्दाबीच झडप भइरहेको छ । चालकलाई कारबाहीको माग गरेका स्थानीय बासिन्दाले प्रहरी चौकी बेतहनीलाई घेराउ गरेका छन् । अहिले स्थानीयले चौकीमा समेत आगजनी गरिदिएका छन् । अहिले स्थानीयले चौकआ समेत आगजनी गरिदिएका छन ।

