२०८३, आश्विन २२ गते

images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, चैत्र १२ २०८११०:५५
मंगलवार, चैत्र १२ २०८११०:५५
  • images

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

    अघिल्लो कारोबार दिन सोमबार  सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४८ हजार ५ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९७ रुपैयाँ ५० पैसा  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend