काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । उनी नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नका लागि पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा गत आइतबार देखि लागू हुने गरी दिइएको भए पनि बैंकको सञ्चालक समितिले हालसम्म स्वीकृत गरेको छैन ।
ढुङ्गानाको राजीनामा पछि नयाँ सीईओ को बन्ने भन्ने चासोको विषय बनेको छ । बैंकमा हाल दुई जना वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)हरू छन् : सुजित शाक्य र मनोज ज्ञवाली । शाक्यले लामो समयदेखि बैंकमा सेवा गर्दै आएका छन् । ज्ञवालीले भने नायव महाप्रबन्धक (डीजीएम) पदबाट बैंकमा प्रवेश गरी चार वर्षमा चार पटक बढुवा भई हाल सिनियर डीसीईओको पदमा पुगेका छन, ज्ञवालीसँग नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक लगायतका संस्थामा काम गरेको अनुभव छ । यसैगरी, भुपेन्द्र पाण्डे पनि डीसीईओको रूपमा कार्यरत छन् ।
मुख्य रूपमा, सिनियर डीसीईओहरू शाक्य र ज्ञवालीबीच सीईओ पदका लागि प्रतिस्पर्धा हुने देखिन्छ । ज्ञवालीको बैंकिङ क्षेत्रमा विविध अनुभव र छिटो प्रगतिको कारण उनलाई सीईओ पदका लागि बलियो प्रत्याशी मानिएको छ ।

