काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको लेखनाथ मार्गस्थित द मल्ल होटल बीच विशेष समझदारी भएको छ। यस समझदारीअनुसार बैंकका ग्राहकहरूले होटलका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउनेछन्।
बैंकका अनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक, प्रिभिलेज कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरू छुट योजनामा सहभागी हुन सक्नेछन्। यस सहकार्यबाट बैंकका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने र नगद कारोबारभन्दा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिन तथा ग्राहकहरूलाई थप सुविधाजनक सेवा प्रदान गर्न विभिन्न ग्राहकमैत्री योजनाहरू ल्याउँदै आएको छ। डिजिटल भुक्तानी गर्दा पाइने छुट तथा सुविधाहरूबारे थप जानकारी सिटिजन्स बैंकको आधिकारिक वेबसाइट मार्फत प्राप्त गर्न सकिनेछ।

