२०८३, आश्विन २२ गते

images

एभरेस्ट बैंकद्वारा ग्लोबल मनी वीक २०२५ सम्पन्न, ३ हजार बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

एभरेस्ट बैंकद्वारा ग्लोबल मनी वीक २०२५ सम्पन्न, ३ हजार बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

मंगलवार, चैत्र १२ २०८१०२:५४
मंगलवार, चैत्र १२ २०८१०२:५४
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा बिगत वर्षहरूझैं यस वर्ष पनि एभरेस्ट बैंकले ग्लोबल मनी वीक २०२५ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। मिति २०८१/१२/०४ देखि सञ्चालन गरिएको सप्ताहव्यापी अभियान अन्तर्गत देशभरका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो।

    बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै करिब ३००० भन्दा बढी विद्यार्थीलाई वित्तीय ज्ञान प्रदान गरेको छ। यस क्रममा विद्यार्थीहरूलाई बैंकको शाखा अवलोकन गराई बैंकिङ सेवाहरूबारे जानकारी गराउने अवसर समेत प्रदान गरिएको थियो।

    “Think before you follow, wise money tomorrow” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममार्फत युवाहरूमा वित्तीय ज्ञान, सीप, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकिङ सेवाका लाभहरू तथा सुरक्षाका उपायहरूबारे सचेतना जगाइयो।

    भारतको पंजाब नेशनल बैंकसँग संयुक्त साझेदारीमा स्थापित एभरेस्ट बैंकले हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकका देशभर १३१ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६७ एटीएम सञ्चालनमा रहेका छन्।

    आधुनिक प्रविधि मार्फत मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङ सेवा प्रदान गर्दै आएको एभरेस्ट बैंक नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रमार्फत सेवा दिइरहेको छ। बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकहरूमा समेत आफ्ना प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend