२०८३, आश्विन २२ गते

images

उच्च अंकले घट्यो सेयर बजार

उच्च अंकले घट्यो सेयर बजार

मंगलवार, चैत्र १२ २०८१०३:३९
मंगलवार, चैत्र १२ २०८१०३:३९
  • images

    काठमाडौं । नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक सोमबार ३०.५२ अंकले बढेर बन्द भएको थियो।

    तर,बजारको हरियाली एक दिन पनि टिक्न सकेन। आज नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ विन्दुमा झरेको छ। यसदिन ३२५ स्क्रिप्सको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७०८ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ। सोमबार ४ अर्ब ४८ करोड मूल्यको सेयर कारोबार भएको थियो। सेयर बजारमा भारी अंकले गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९७ प्रतिशतले घट्यो।

    आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। २३ करोड बढीको सेयर कारोबार गरी  हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। नेपाल रिइन्स्योरेन्सको २१ करोडको सेयर कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावरको १७ करोडको कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १४ अर्ब बराबरको सेयर कारोबार हुँदा सीईडीबी होल्डिङ्सले १३ करोडको सेयर कारोबार गर्‍यो।

    कारोबारमा आएकामध्ये ४ स्टक्सको मूल्य बढ्दा २४० वटाको घट्यो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,फाइनान्स समूह र हाइड्रोपावर समूहको उपसूचक ३ प्रतिशत बढीले घट्यो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend