२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • नबिलका सीईओ ढुङ्गानाको राजीनामा स्वीकृत, कामु...

नबिलका सीईओ ढुङ्गानाको राजीनामा स्वीकृत, कामु सीईओको जिम्मा ज्ञवालीलाई

नबिलका सीईओ ढुङ्गानाको राजीनामा स्वीकृत, कामु सीईओको जिम्मा ज्ञवालीलाई

बुधवार, चैत्र १३ २०८११०:४९
बुधवार, चैत्र १३ २०८११०:४९
  • images

    काठमाडौँ । नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको आज चैत्र १३ गते बिहान बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

    २०७७ जेठमा नायव महाप्रबन्धकको रुपमा ज्ञवाली नबिल बैंक प्रवेश गरेका थिए । त्यसपछि उनी महाप्रबन्धक, डेपुटी सीइओ, सिनियर डेपुटी सीइओमा बढुवा हुँदै अहिले कामु सीइओ भएका छन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।

    सोहि बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले चैत्र १० गतेदेखि नै लागू हुने गरी आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend