काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज पनि चाँदीको भने बढेको छ। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४८ हजार ७ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ६ रुपैयाँ कायम भएको छ ।

