२०८३, आश्विन २२ गते

images

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सम्बन्धी सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सम्बन्धी सम्झौता

सीएनएन खबर
बुधवार, चैत्र १३ २०८१११:३३
सीएनएन खबर
बुधवार, चैत्र १३ २०८१११:३३
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

    सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो । 

    उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक कविराज पौडेल तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहनसिंह साउदले  हस्ताक्षर गरे । 

    सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछाने लगायत सेती महाकाली ट्रक यातायात व्यवसायी संघको  तर्फबाट पदाधिकारी तथा  यातायात व्यवसायीहरुको उपस्थिती थियो । 

    सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा आवद्ध सवारी साधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दावी परेमा बीमा कम्पनीले दावी भूक्तानी प्रकृयालाई थप सरल, सहज तथा शिघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend