काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खप्तडछान्ना गाउँपालिकाको अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार विशेष अदालत काठमाडौँमा पालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावल, वडा नम्बर ४ का तत्कालीन वडाअध्यक्ष भीम बहादुर रोकाया, इन्जिनियर सुरेन्द्र बहादुर खाती, प्राविधिक असिटेण्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदन राज जोशी, उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकाया विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरु माथि वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा अनियमितता गरेको आरोप लागेको छ । आयोगले सातै जना विरुद्द १४ लाख ८ हजार बराबरको माग दाबी गर्दैम मुद्दा दायर गरेको छ ।
वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी, गलत लिखत तयार एवं सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

