२०८३, आश्विन २२ गते

images

सेयर बजारमा सुधार

सेयर बजारमा सुधार

बुधवार, चैत्र १३ २०८१०३:२७
बुधवार, चैत्र १३ २०८१०३:२७
  • images

    काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ५८.०५ अंकले ओ‌रालो लागेको नेप्से परिसूचक आज ४०.४७ अंकले बढेर २६२३.२१ विन्दुमा अडिएको हो।

    यसदिन ३१७ स्क्रिप्सको ९१ लाख  ४२ हजार  ९४१ कित्ता सेयर ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८९४ रुपैयाँमा खरिदबिक्री भए। नेप्से बढेपनि आज कारोबार रकम भने मंगलबारको तुलनामा कम हो।

    नेप्से उच्च अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। आज उपकार लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ७.२७ प्रतिशतले घट्यो। 

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४१ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी नेपाल रिइन्स्योरेन्सले ३१ करोडको  सेयर कारोबार गर्दा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २२ करोड,नारायणी डेभलपमेन्ट बैंकको ११ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend