२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • प्राधिकरण बोर्ड बैठकको निर्णयः श्वेतपत्र जारी...

प्राधिकरण बोर्ड बैठकको निर्णयः श्वेतपत्र जारी गर्नेदेखि पीपीए खुल्ला गर्नेसम्म

प्राधिकरण बोर्ड बैठकको निर्णयः श्वेतपत्र जारी गर्नेदेखि पीपीए खुल्ला गर्नेसम्म

बुधवार, चैत्र १३ २०८१०३:२७
बुधवार, चैत्र १३ २०८१०३:२७
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले मुख्य ३ विषयमा निर्णय गरेको हो ।

    दोस्रो निर्णयको रूपमा सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्यअनुसार विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । त्यस्तै, विपन्न समुदायका लागि राहतको प्याकेज घोषणा गर्ने पनि निर्णय गरेको छ । 

    कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री दीपक खड्काबीच मनमुटाव हुँदा लामो समयदेखि प्राधिकरणको बोर्ड बैठक बस्न सकेको थिएन ।

    बोर्ड बैठकमा कुलमान घिसिङले मन्त्रीको चाहनाविपरीत निर्णयमा असहमति राखेपछि विवाद चर्किँदै गएको थियो । 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेसँगै प्राधिकरणको बोर्ड बैठक बसेको हो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend