२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • भारतीय लगानीकर्तालाई कार्कीले भने, लगानीको सुरक्षा...

भारतीय लगानीकर्तालाई कार्कीले भने, लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी छ, ढुक्कले लगानी गर्नुस

भारतीय लगानीकर्तालाई कार्कीले भने, लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी छ, ढुक्कले लगानी गर्नुस

सीएनएन खबर
बुधवार, चैत्र १३ २०८१०४:५५
सीएनएन खबर
बुधवार, चैत्र १३ २०८१०४:५५
  • images

    काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत इनर्जी समिटमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई जलविद्युत तथा नवीकरणीय ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। 

    उनले सरकारको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्यलाई उल्लेख गर्दै सो लक्ष्य हासिल गर्न ४६।५ अर्ब अमेरिकी डलर बराबरको लगानी आवश्यक रहेको बताए। कार्कीका अनुसार यो लक्ष्य २०३५ सम्म पुरा गर्ने योजना रहेको छ।

    इप्पान अध्यक्ष कार्कीले उत्पादन, निर्माण, परामर्श सेवा, मेसिनरी आपूर्ति लगायतका क्षेत्रमा समेत लगानीको अवसर रहेको उल्लेख गर्दै लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेको दाबी गरे।

    उनले हाल नेपालमा कुल ३५०० मेगावाट जडित विद्युत उत्पादन क्षमतामध्ये करिब ८० प्रतिशत निजी क्षेत्रको हिस्सामा रहेको जानकारी गराउँदै, भारतीय कम्पनीहरूको लगानीमा ५ हजार मेगावाट बराबरका आयोजना अगाडि बढिरहेको र हजारौं मेगावाट क्षमताका आयोजना थप लगानीको प्रतीक्षामा रहेको उल्लेख गरे।

    कार्यक्रममा इप्पान उपाध्यक्ष आनन्द चौधरीले करिब ४ हजार मेगावाट बराबरका आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको, ४१०० मेगावाट क्षमताका आयोजनाहरू पीपीएको तयारीमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेको बताए।

    सम्मेलनमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौतले नीति, पूर्वाधार र सहयोगी वातावरण रहेको भन्दै भारतका ठूला लगानीकर्तालाई नेपालमा ढुक्क भएर जलविद्युतमा लगानी गर्न आग्रह गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend