२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सरकारले गैरकानूनी रुपमा हटाएको भन्दै सर्वाेच्च...

सरकारले गैरकानूनी रुपमा हटाएको भन्दै सर्वाेच्च पुगे कुलमान

सरकारले गैरकानूनी रुपमा हटाएको भन्दै सर्वाेच्च पुगे कुलमान

बुधवार, चैत्र १३ २०८१०५:२३
बुधवार, चैत्र १३ २०८१०५:२३
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । सरकारले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरेको दाबी गर्दै उनी बुधबार सर्वाेच्च पुगेका हुन् ।

    सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

    कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिटनिवेदनमा जिकिर गरेका छन् ।

    उनका प्रतिनिधिले पेश गरेको निवेदन करिव ५ बजेतिर सर्वोच्च अदालतमा पेस भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend