काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ८ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ३२ रुपैयाँ कायम भएको छ ।

