२०८३, आश्विन २२ गते

images

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

बिहिवार, चैत्र १४ २०८१०३:२७
बिहिवार, चैत्र १४ २०८१०३:२७
  • images

    काठमाडौं । बिहीबार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१ दशलमव ६७ अंकले बढेर २,६६३ को विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

    आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

    आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशलमव ६० प्रतिशतका दरले कमाएका छन्। मानुषि लघुवित्तका लगानीकर्ताले ७ दशलमव ७८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १ दशलमव ८२ प्रतिशतका दरले गुमाएका हुन् । आज १३ वटै उपसूचकमा हरियाली आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend