२०८३, आश्विन २२ गते

images

सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्याे ?

सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्याे ?

शुक्रवार, चैत्र १५ २०८११०:५४
शुक्रवार, चैत्र १५ २०८११०:५४
  • images

    काठमाडौँ । शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सय रुपैयाँले बढेर हाल सम्मै उच्च विन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार  सुन एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

    अघिल्लो कारोबार दिन बिहिबार  चाँदी दुई  हजार २० रुपैयाँमा  कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५१ हजार  ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ४९ रुपैयाँ  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend