२०८३, आश्विन २२ गते

images
  • समाचार
  • स्वदेशी र आयातित उत्पादनमा अनिवार्य लेबल...

स्वदेशी र आयातित उत्पादनमा अनिवार्य लेबल लगाउन निर्देशन

स्वदेशी र आयातित उत्पादनमा अनिवार्य लेबल लगाउन निर्देशन

सीएनएन खबर
शुक्रवार, चैत्र १५ २०८१०३:१५
सीएनएन खबर
शुक्रवार, चैत्र १५ २०८१०३:१५
  • images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित उत्पादनमा अनिवार्य रूपमा लेबल लगाउन निर्देशन जारी गरेको छ ।

    विभागले बिहीबार एक सूचना जारी गर्दै २० चैत २०८१ भित्र स्वदेशमा उत्पादित वस्तु भए उत्पादकले र विदेशबाट आयात गरिएका वस्तु भए पैठारीकर्ताले बजारमा बिक्री वितरण गर्नुअघि अनिवार्य रूपमा तयारी मालवस्तुमा लेबल लगाउनुपर्ने निर्देशन दिएको हो ।

    ea12e515-347d-405c-b735-d4aa2ac1e1a9.jpg

    विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादक तथा पैठारीकर्ताले वस्तुमा उपभोक्ताले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य रूपमा लेबल उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था छ । ऐनको दफा २१ अनुसार वस्तु वा सेवाको मापदण्ड निर्धारण गर्ने मार्गदर्शनको परिधिभित्र रही लेबल लगाउन विभागले आग्रह गरेको छ ।

    विभागले जारी गरेको सूचनामा भनिएको छ, “यदि कुनै वस्तुमा आवश्यक लेबल नभएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ । विभागका निर्देशक तथा सूचना अधिकारी डिकबहादुर कार्कीले लेबलमा उत्पादक वा पैठारीकर्ताको नाम, ठेगाना, दर्ता नम्बर, उत्पादन तथा उपभोग्य मिति, ब्याच नम्बर, लागू करसहितको अधिकतम खुद्रा मूल्य, गुणस्तर मापदण्ड, मानव स्वास्थ्यलाई असर पार्न सक्ने वस्तु भए चेतनामूलक सन्देश वा चिह्न उल्लेख गर्नुपर्ने जानकारी दिएका छन् ।

    यो निर्देशनले उपभोक्तालाई वस्तु सम्बन्धी स्पष्ट जानकारी प्राप्त गर्न सहयोग पुग्ने तथा बजार व्यवस्थापनलाई थप पारदर्शी बनाउने विश्वास गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend