२०८३, आश्विन २२ गते

images
  • समाचार
  • जरिवाना पत्र बोकेर निर्मल निवास पुग्यो...

जरिवाना पत्र बोकेर निर्मल निवास पुग्यो महानगरको टोली

जरिवाना पत्र बोकेर निर्मल निवास पुग्यो महानगरको टोली

आइतवार, चैत्र १७ २०८१११:०७
आइतवार, चैत्र १७ २०८१११:०७
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारी पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र बोकेर निर्मल निवास पुगेका छन् । 

    राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको  लगायतका शीर्षकमा महानगरले शुक्रबार सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको थियो । 

    उक्त निर्णयको पत्र बोकेर आइतबार बिहानै महानगर प्रहरी बल निर्मल निवास पुगेको प्रमुख राजु पाण्डेले जानकारी दिए। 

    पाण्डेका अनुसार निर्मल निवासले जरिवाना पत्र बुझ्न मानेको छैन। महानगरको गाडी पूर्व राजा ज्ञानेन्द्रको बस्ने निर्मल निवास गेट अगाडि पुगेर फर्किएको छ ।

    पूर्वराजाको सचिवालयले उक्त कार्यक्रमको आयोजक निर्मल निवास नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो।

    शनिबार काठमाडौं महानगरपालिकाले जरिवाना पत्र काटेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend