काठमाडौँ । सरकारले तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।
पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो ।
यसअघि बुधबार बिहान मात्रै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले राजावादी आन्दोलमा परेर मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।
उनले राजावादी मोर्चाको आन्दोलनका क्रममा मृत्यु भएका सुरेश रजतको परिवारलाई ५ लाख रुपैयाँ र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

