२०८३, आश्विन २४ गते

images

काठमाडौँको वायू प्रदुषण विश्वकै दोस्रो स्थानमा

काठमाडौँको वायू प्रदुषण विश्वकै दोस्रो स्थानमा

आइतवार, चैत्र २४ २०८१०७:२२
आइतवार, चैत्र २४ २०८१०७:२२
  • images

    काठमाडौँ । काठमाडौँ उपत्यकामा आज पनि वायु प्रदूषण उच्च छ। आइतबार बिहान सबा ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वमै दोस्रो स्थानमा छ। 

    उक्त इन्डेक्स अनुसार भारतको नयाँ दिल्ली विश्वकै पहिलो स्थानमा रहेको छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ। 

    इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २०४ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २४९ छ।

    त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०२ छ। शुक्रबार र शनिबार काठमाडौँ उपत्यकामा हावा चलेकाले प्रदूषण केही घटे पनि खतरा टरेको छैन।

    चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताएका छन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend