२०८३, आश्विन २२ गते

images

चार दिनमा झन्डै ७ हजारले घट्यो सुनको मूल्य, मंगलबार कतिमा हुँदैछ कारोबार ?

चार दिनमा झन्डै ७ हजारले घट्यो सुनको मूल्य, मंगलबार कतिमा हुँदैछ कारोबार ?

मंगलवार, चैत्र २६ २०८११०:४५
मंगलवार, चैत्र २६ २०८११०:४५
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता सुनको मूल्य ओरोलो लाग्न थालेको छ । गत बिहीबार रेकर्ड ब्रेक गरेको सुनको मूल्य त्यसपछि निरन्तर घट्दो क्रममा रहेको पाइएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । 

    महासंघको तथ्यांक अनुसार गत शुक्रबारदेखि सुनको मूल्य निरन्तर ओरालो लाग्न थालेको हो । शुक्रबार प्रतितोला ३ हजार ९ सय, आइतबार प्रतितोला १ हजार ९ सय, सोमबार प्रतितोला ७ सय रुपैयाँ र आज मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेको हो । तथ्यांक अनुसार पछिल्लो ४ दिनमा सुनको मूल्य ६ हजार ८ सय रुपैयाँले घटेको हो । 

    मंगलबार घटेसँगै सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४८ हजार ६ सय ६५रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ६९ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend