२०८३, आश्विन २२ गते

images

७ वरिष्ठ अध्यागमन अधिकृतसहित १३ उपसचिवको सरुवा

७ वरिष्ठ अध्यागमन अधिकृतसहित १३ उपसचिवको सरुवा

मंगलवार, चैत्र २६ २०८१०१:३२
मंगलवार, चैत्र २६ २०८१०१:३२
  • images

    काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका ७ जना वरिष्ठ अध्यागमन अधिकृत (उपसचिव)सहित १३ उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले विमानस्थलमा कार्यरत अधिकृतहरूलाई फिर्ता बोलाएर विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, निर्देशक र उपसचिवहरूलाई नयाँ जिम्मेवारी दिएको हो।

    फिर्ता बोलाइएका वरिष्ठ अध्यागमन अधिकृतहरूमा सीता परियार, बाबुलाल रेग्मी, सत्यराज जोशी, तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणीन्द्र दाहाल र सूर्य प्रसाद उपाध्याय रहेका छन्। यीमध्ये रेग्मीलाई जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी र जोशीलाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। बाँकी पाँच जनालाई भने गृह मन्त्रालयमा तानिएको छ। जसमध्ये कतिपय वरिष्ठ अध्यागमन अधिकृतले राजनीतिक आडमा बढी नै राइँदाइँ गरेको चर्चा चुलिएसँगै थप आलोचना रोक्न उनीहरूलाई सरुवा गर्नुपरेको अधिकारीले जनाएका छन् ।

    त्यस्तै, अध्यागमन कार्यालयमा नयाँ खटाइएका उपसचिवहरूमा अध्यागमन विभागका निर्देशक ईश्वरी दत्त पनेरु, कारागार कार्यालय डिल्लीबजारका निर्देशक पूर्ण बहादुर खत्री, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी फणीन्द्र प्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र गृह मन्त्रालयका उपसचिव खेम राज उपाध्याय रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend