काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्द भ्रष्टाचार भुद्धा दायर गरेको छ । आयोगले मंगलबार बारा जिल्लाको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल सहित ५ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
वर्षवाल सहित शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र आयातकर्ता कम्पनी सागर देवी फर्मा तथा उक्त फर्माका प्रोपाइटर विमलेश शाह विरुद्द मुद्धा दायर भएको हो ।
उनीहरुमाथि आर्थिक वर्ष २०७७/०७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेटिनटरी प्याड (वितररण तथा व्यवस्थापन) कार्यविधिको पालना नगरेको आरोप लागेको छ ।
आयोगले उक्त प्याड खरिदमा भ्रष्टाचार भएको भन्दै ५१ लाख ९९ हजार १२० रुपैयाँ बिगो, जरिवाना सहित कैद माग गर्दै आरोपपत्र दायर गरेको हो ।

