२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • नागरिक एप निर्देशिका खारेजीदेखि पालिका केन्द्र...

नागरिक एप निर्देशिका खारेजीदेखि पालिका केन्द्र परिवर्तन र नियुक्तिसम्मका मन्त्रिपरिषद निर्णय(सूचीसहित)

नागरिक एप निर्देशिका खारेजीदेखि पालिका केन्द्र परिवर्तन र नियुक्तिसम्मका मन्त्रिपरिषद निर्णय(सूचीसहित)

मंगलवार, चैत्र २६ २०८१०७:४५
मंगलवार, चैत्र २६ २०८१०७:४५
  • images

    काठमाडौं । सरकारले नागरिक एप सञ्चालन निर्देशिका खारेजी, सरकारी निकायमा नियुक्तिदेखि स्थानीय तहको केन्द्र परिवर्तनसम्मका १३ निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

    मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँपालिकाको केन्द्र परिवर्तनदेखि नियुक्तिसम्मका निर्णय भएको जानकारी दिए । सञ्चारमन्त्री गुरुङका अनुसार बैठकले बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशकमा मोहनबहादुर तामाङलाई नियुक्त गरेको छ ।

    यस्तै डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ बगरकोटबाट ४ कै टप्यामा कायम गर्ने र उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने पनि निर्णय बैठकले गरेको छ । त्यस्तै नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरिएको छ भने वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

    बैठकले आगामी जेठ १५ देखि १७ गतेसम्म जापानको टोकियोमा आयोजना हुने एसिया प्यासिफिक टेलिकम्युनिटी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ । यस्तै बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गरेको छ ।

    cabinet-25-chaitra-1448x2048-1-768x1086.jpg
    undefined
    cabinet-25-chaitra-1-1448x2048-1-768x1086.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend