२०८३, आश्विन २२ गते

images

लगातार ४ दिन घटेको सुनको मूल्य बुधबार उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

लगातार ४ दिन घटेको सुनको मूल्य बुधबार उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार, चैत्र २७ २०८११०:४९
बुधवार, चैत्र २७ २०८११०:४९
  • images

    काठमाडौँ । पछिल्लो ४ दिन झन्डै ७ हजार रुपैँयाले घटेको सुनको मूल्य बिहीबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो । 

    महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने पनि बढेको छ । आज चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार ३ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ७३ रुपैयाँ कायम भएको छ ।

    शुक्रबार प्रतितोला ३ हजार ९ सय, आइतबार प्रतितोला १ हजार ९ सय, सोमबार प्रतितोला ७ सय रुपैयाँ र आज मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेको हो । तथ्यांक अनुसार पछिल्लो ४ दिनमा सुनको मूल्य ६ हजार ८ सय रुपैयाँले घटेको हो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend