२०८३, आश्विन २२ गते

images
  • समाचार
  • न्यून ‘भिजिबिलिटी’ : हिमालय...

न्यून ‘भिजिबिलिटी’ : हिमालय एयर आकाशमै होल्ड

न्यून ‘भिजिबिलिटी’ : हिमालय एयर आकाशमै होल्ड

बुधवार, चैत्र २७ २०८१०२:३४
बुधवार, चैत्र २७ २०८१०२:३४
  • images

    काठमाडौं । चीनको ल्हासाबाट काठमाडौँका लागि आएको हिमालय एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा फन्को मारिरहेको छ।

    मौसममा आएको खराबीका कारण काठमाडौँ उपत्यकामा दृश्यता कमजोर बनेको र सोही कारणले जहाजले अवतरण गर्न सकेको छैन ।

    त्रिभुवन विमानस्थलमा बिहानैदेखि कुहिरो र हुस्सुका कारण ‘भिजिबिलिटी’ न्यून बनेको छ। हिमालय एयरलाइन्सको उक्त जहाजले निर्धारित समयमै ल्हासा विमानस्थलबाट उडान भरे पनि काठमाडौँको मौसम प्रतिकूल भएकाले अहिले आकाशमै होल्ड गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend