२०८३, आश्विन २२ गते

images

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा भने गिरावट

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा भने गिरावट

बुधवार, चैत्र २७ २०८१०३:४३
बुधवार, चैत्र २७ २०८१०३:४३
  • images

    काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ९.६६ अंकले बढेको छ । अघिल्लो दिनको दिनको तुलनामा ०.३६ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७६.२८ अंकमा उक्लेको हो । सो दिन १५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घट्यो एउटा कम्पनीको स्थिर रहयो ।

    ४५ हजार ९४ पटकको कारोबारमा १ करोड ७३ हजार ८ सय २२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ र व्यापारको परिसूचक घटे । बाँकी बाँकी सबै उपसमूहको परिसूचक बढे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend