२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा...

वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए सामूहिक गिरफ्तारी दिन्छौँः डा.जगमान गुरुङ

वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए सामूहिक गिरफ्तारी दिन्छौँः डा.जगमान गुरुङ

बुधवार, चैत्र २७ २०८१०४:२२
बुधवार, चैत्र २७ २०८१०४:२२
  • images

    काठमाडौं । राजसंस्था पुनः स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

    सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरेका छन् । आज समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सो घोषणा गरेका हुन् । उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताए ।

    गुरुङले भने, ‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौँ । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौँ । सबैभन्दा अगाडि म हुन्छ । तपाईँहरू को-को आउनुहुन्छ आउनुस् ।’

    आफूहरूको आन्दोलन भद्र अवज्ञा स्वरूपको हुने उनले प्रष्ट पारे । गुरुङले थपे, ‘केही साथीहरू सशस्त्र आन्दोलनको कुरा पनि गर्नुहुन्छ । तर, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन । महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर नै अंग्रेजलाई जितेका थिए । हामी पनि भद्र अवज्ञामा जान्छौँ । २१ गते घोषणा हुन्छ ।’

    तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनले बताए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend