२०८३, आश्विन २२ गते

images
  • समाचार
  • अख्तियारले लियो सुर्खेत उपत्यका नगर विकास...

अख्तियारले लियो सुर्खेत उपत्यका नगर विकास समितिका लेखापाल नियन्त्रणमा

अख्तियारले लियो सुर्खेत उपत्यका नगर विकास समितिका लेखापाल नियन्त्रणमा

बुधवार, चैत्र २७ २०८१०५:४२
बुधवार, चैत्र २७ २०८१०५:४२
  • images

    काठमाडौँ । सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा कार्यरत सहायक लेखापाल खड्कबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

    सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयले आर्थिक बर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले रानालाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

    रानालाई सम्बन्धित कागजातसहित बुधबार नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियारको सूचनामा उल्लेख छ ।

    आयोगले बुधबार बिहान ९ बजे नगर विकास समितिमा छापा मारेको थियो । अख्तियारको ट्ङ्गाल स्थित कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा हानेको हो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend