२०८३, आश्विन २२ गते

images

क्रेस्ट माइक्रो लाइफको ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण, बिहीबारदेखि कारोबार सुरु

क्रेस्ट माइक्रो लाइफको ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण, बिहीबारदेखि कारोबार सुरु

सीएनएन खबर
बुधवार, चैत्र २७ २०८१०५:४९
सीएनएन खबर
बुधवार, चैत्र २७ २०८१०५:४९
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकरण सम्पन्न भएसँगै बिहीबारदेखि दोस्रो बजारमा सेयर कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।

    यस अन्तर्गत, सर्वसाधारण लगानीकर्ताहरूलाई वितरण गरिएको २२ लाख ५० हजार कित्ता (३० %) र संस्थापक लगानीकर्ताहरूको ५२ लाख ५० हजार कित्ता (७० %) सेयर गरी कुल ७५ लाख कित्ता साधारण सेयर सूचीकरणमा समावेश गरिएको हो ।

    कम्पनीले आफ्नो साधारण सेयर सार्वजनिक निष्कासन एनआइएमबि एस क्यापिटल लिमिटेडमार्फत खुला बिक्री गरेको थियो । सो निष्कासनमा वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत सहभागी भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend