२०८३, आश्विन २२ गते

images

पियोर इनर्जीको आइपीओ आजदेखि खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

पियोर इनर्जीको आइपीओ आजदेखि खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बिहिवार, चैत्र २८ २०८११०:१३
बिहिवार, चैत्र २८ २०८११०:१३
  • images

    काठमाडौँ । पियोर इनर्जी कम्पनीले बिहीबार (आज) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो।

    कम्पनीले यसअघि स्थानीयलाई १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरिसकेको छ ।

    सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद वैशाख २ गते तोकिएको छ। तर सो अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा आवेदन दिने  म्याद वैशाख ११ गतेसम्म लम्बिने छ ।

    कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले लिएको छ।

    लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend