२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • दीपक बोहराको निधनपछि संसद्ले निकाल्यो रिक्तता...

दीपक बोहराको निधनपछि संसद्ले निकाल्यो रिक्तता सम्बन्धी सूचना

दीपक बोहराको निधनपछि संसद्ले निकाल्यो रिक्तता सम्बन्धी सूचना

बिहिवार, चैत्र २८ २०८१०८:५५
बिहिवार, चैत्र २८ २०८१०८:५५
  • images

    काठमाडौं । प्रतिनिधिसभाको रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि संसद्ले स्थान रिक्तताको सूचना निकालेको छ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)तर्फबाट निर्वाचित बोहराको यही चैत १९ गते निधन भएको थियो । बिहीबार संघीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेले सूचना जारी गर्दै स्थान रिक्तताको जानकारी दिएका हुन् । 

    ‘नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान  रिक्त हुन आएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ । 

    Parliament_Notice_22EExwJfdI.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend