२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको...

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री

शुक्रवार, चैत्र २९ २०८१०१:०६
शुक्रवार, चैत्र २९ २०८१०१:०६
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज प्रदर्शन निरीक्षण गरेका छन् ।

    भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कार स्वरुप खुकुरी प्रदान गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्व सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेकाे बताएका छन् ।

    उनले राष्ट्रिय सुरक्षाका साथै विपद जोखिम न्यूनीकरण र शान्तिसेनाका माध्यमबाट सेनाले दिएको योगदानको सह्राहना गरे। कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend