२०८३, आश्विन २२ गते

images

मधेश प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा

मधेश प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा

शुक्रवार, चैत्र २९ २०८१०३:१०
शुक्रवार, चैत्र २९ २०८१०३:१०
  • images

    काठमाडौं । मधेश प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन्।

    उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरु गरेका थिए। धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरू धर्नामा बसेको बताए।

    उक्त ऐनका कारण आफूहरू बढुवाबाट वञ्चित भएको उनले बताए। उक्त वाक्यांशअनुसार ‘कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ’ यही बुँदालाई आधार मानेर मधेस लोकसेवा आयोगले प्रक्रिया रोकेपछि चौथो तहबाट सेवा शुरु गरेका कर्मचारीहरू अन्योलमा परेका छन्।

    आन्दोलनमा सहभागी करिव आधा स्वास्थ्यकर्मी महिला छन्। उनीहरू पनि सक्रिय रूपमा धर्नामा सहभागी छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend