२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • कर्फ्युले वीरगञ्ज सुनसान, प्रजिअले बोलाए सर्वदलीय...

कर्फ्युले वीरगञ्ज सुनसान, प्रजिअले बोलाए सर्वदलीय बैठक

कर्फ्युले वीरगञ्ज सुनसान, प्रजिअले बोलाए सर्वदलीय बैठक

आइतवार, चैत्र ३१ २०८११०:२८
आइतवार, चैत्र ३१ २०८११०:२८
  • images

    काठमाडौँ । वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि सर्वपक्षीय बैठक डाकिएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभायात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि  सर्वदलीय बैठक डाकिएको हो । 

    जिल्ला प्रशासन कार्यालय पर्साले आजै बिहान साढे १० बजेदेखि बस्ने गरी सर्वपक्षीय बैठक बोलाइएको हो । बैठकका लागि बोलाइएका प्रतिनिधिहरू आउने क्रम सुरु भइसकेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । 

    स्थानीय प्रशासनले शनिबार साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको छ ।

    हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ । 

    शोभायात्रामा सहभागीहरूले भने मुस्लिम समूहले मस्जिदबाट ढुङ्गा मुढा हानेपछि विवाद सुरु भएको आरोप लगाइएको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend