काठमाडौं । धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आज बिहान अचानक आगलागी हुँदा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।
ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएपछि आगलागी भएको नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भुकुसियैत यादवले जानकारी दिए ।
आगलागीका कारण सबस्टेसनका केही पार्टपुर्जा जलेर नष्ट भएका छन् । यादवले नयाँ ट्रान्सफर्मर जडानको कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै, जडान पूरा भएपछि विद्युत् आपूर्ति क्रमशः पुनः सुचारु हुने बताएका छन् ।

