२०८३, आश्विन २२ गते

images

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

बुधवार, बैशाख ३ २०८२०४:२२
बुधवार, बैशाख ३ २०८२०४:२२
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यवाहक सभापति डीपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

    पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने बताइएको छ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले बताए । जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण लगायतका विषयमा विशेष रिपोर्टिङ हुने उनले बताए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend