२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीलाई एमालेले दियो आगामी नीति तथा...

प्रधानमन्त्रीलाई एमालेले दियो आगामी नीति तथा कार्यक्रमका लागि सुझाव

प्रधानमन्त्रीलाई एमालेले दियो आगामी नीति तथा कार्यक्रमका लागि सुझाव

बुधवार, बैशाख ३ २०८२०५:२७
बुधवार, बैशाख ३ २०८२०५:२७
  • images

    काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विषयगत सुझावहरू प्रस्तुत गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शङ्कर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

    एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकारबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिइएको महासचिव पोखरेलले जानकारी दिए ।

    उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझाव पनि कार्यान्वयनका आउन बाँकी रहेकाले सोको कार्यान्वयनका लागि प्रधानमन्त्रीसँग आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले विकासका लागि ‘भिजनरी’ सोच भएको एमालेजस्तो पार्टीले केन्द्रीय विभागहरूको रायका आधारमा दिइएका सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend