काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले संसद् अधिवेशन आह्वान, विभिन्न विधेयक संसदमा पेस गर्न स्वीकृति, विदेश भ्रमणको स्वीकृति जस्ता निर्णयहरू गरेको छ।

