काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले १ लाख ९० हजार काटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुनको मूल्यले रेकर्ड तोडेको हो ।
महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य मूल्यले बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ ५० पैसा कायम भएको छ ।

