२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बुढानीलकण्ठबाट २२ किलो सुन बरामद, बजार...

बुढानीलकण्ठबाट २२ किलो सुन बरामद, बजार मूल्य ५५ करोडभन्दा बढी

बुढानीलकण्ठबाट २२ किलो सुन बरामद, बजार मूल्य ५५ करोडभन्दा बढी

शुक्रवार, आश्विन २३ २०८३०९:४७
शुक्रवार, आश्विन २३ २०८३०९:४७
  • images

    काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बरामद सुनको बजार मूल्य ५५ करोड रुपैयाँभन्दा बढी रहेको प्रारम्भिक अनुमान छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्न चिनियाँ नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको हो ।

    घटनामा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली महिला पनि रहेकी छन् ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चिनियाँ नागरिकहरूले धुलो सुन ल्याएर बुढानीलकण्ठस्थित घरमा प्रशोधन गरी ढिक्का बनाउने गरेको पाइएको छ । प्रहरीले ढिक्का बनाइएको अवस्थामा पाँच किलो सुन र बाँकी धुलो सुन बरामद गरेको जनाएको छ ।

    बरामद सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा भने खुल्न सकेको छैन । प्रहरीले सुनको यकिन तौल तथा स्रोत पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ । साथै, घटनासँग सम्बन्धित हुन सक्ने अन्य शङ्कास्पद स्थानमा समेत खोजतलास भइरहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।

    यस घटनाबारे थप जानकारी दिन प्रहरीले शुक्रबार दिउँसो १ बजे टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend