२०८३, आश्विन २३ गते

images

जिल्लामा दोषी ठहर रामबहादुर बमजनलाई उच्चबाट सफाइ

जिल्लामा दोषी ठहर रामबहादुर बमजनलाई उच्चबाट सफाइ

बिहिवार, बैशाख ४ २०८२०५:१२
बिहिवार, बैशाख ४ २०८२०५:१२
  • images

    काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ। न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उप-रजिष्ट्रार सुशील यादवले बताएका हुन्।

    जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

    ‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ,’ यादवले भने।

    भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो। उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए।

    बमजनलाई तीन लाख धरौटीमा सिन्धुपाल्चोक अदालतले रिहा गर्ने आदेश दिएको थियो। सिन्धुपाल्चोकको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिए पनि उनी त्यहीँ कारागारमा थिए।

    बमजनको स्थायी ठेगाना बाराको निजगढ नगरपालिका-१२ हो। ३० वर्षीय उनको वास्तविक नाम रामलाल बमजन हो। २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई हात्तीगौंडास्थित घरैबाट पक्राउ गरेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend