२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सरकार ढल्ने हल्ला र चर्चाका पछाडि...

सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन : प्रधानमन्त्री

सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन : प्रधानमन्त्री

शुक्रवार, बैशाख ५ २०८२०२:५७
शुक्रवार, बैशाख ५ २०८२०२:५७
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले काँग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरूले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए ।

    ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’

    उनले सुखी नेपाली र समृद्ध नेपाल धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेजस्तो भएको बताए । उनले इच्छाकामना गाउँपालिका प्राकृतिक रूपमा निकै सम्भावना भएको पालिका भएको बताए ।

    उनले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेर गर्मीको बेला चिसो खान इच्छाकामना गाउँपालिकामा आउने सकिने बताए । मनकामना मन्दिर दर्शन गर्न जान आउन, इच्छाकामना मन्दिरको दर्शन नगरी मनोकामना पुरा नहुने भएकोले धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको प्रधानमन्त्री ओलीले बताए । इच्छाकामनाको पहाडमा सुरक्षित आवास निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले कृषि, पर्यटन, आर्य आर्जनमा स्थानीयलाई जोड्न सुझाव दिए ।

    प्रधानमन्त्री ओलीले चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाको ४ करोड २ लाख रुपैयाँको लागतमा बनेको भवनको उद्घाटन गरेका हुन् । भवन ४ तले छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend