२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • राप्रपा आन्दोलन : केही रणनीति परिवर्तन,...

राप्रपा आन्दोलन : केही रणनीति परिवर्तन, र्‍यालीको नेतृत्व अध्यक्ष लिङ्देनले गर्ने

राप्रपा आन्दोलन : केही रणनीति परिवर्तन, र्‍यालीको नेतृत्व अध्यक्ष लिङ्देनले गर्ने

आइतवार, बैशाख ७ २०८२१२:५३
आइतवार, बैशाख ७ २०८२१२:५३
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापनाको मागसहित आज आइतबार गर्न लागेको आन्दोलनको केही रणनीति परिवर्तन गरेको छ ।

    यसअघि बालुवाटार, भद्रकाली र बिजुली बजारबाट र्‍याली निकाल्ने भनिएकोमा अब बिजुली बजारबाट मात्रै निकालिने भएको छ ।

    राप्रपा नेताहरूको केही बेरअघि बसेको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए । 

    राप्रपाले आज निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला हुन थालेका छन् । त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व सम्हाल्नेछन् ।

    र्‍यालीले बिजुली बजारबाट नयाँबानेश्वरतिर आएपछि निषेधित क्षेत्र तोड्ने भएको छ । यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend