२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • राप्रपाको आन्दोलनः व्यवसायीले बन्द गरे पसल...

राप्रपाको आन्दोलनः व्यवसायीले बन्द गरे पसल र सटर, सिंहदरबारमै रोकिए ज्ञानेन्द्र सहितका ४ नेता

राप्रपाको आन्दोलनः व्यवसायीले बन्द गरे पसल र सटर, सिंहदरबारमै रोकिए ज्ञानेन्द्र सहितका ४ नेता

आइतवार, बैशाख ७ २०८२०१:१४
आइतवार, बैशाख ७ २०८२०१:१४
  • images

    काठमाडौँ । राप्रपाले आज बबरमहल लक्षित गरेर प्रदर्शन गर्ने भएपछि बबरमहल– बानेश्वर सडक दायाँबायाँका सटरहरु बन्द गरिएको छ ।

    राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने भनेपनि व्यवसायीहरुले सटर बन्द गराएका हुन् । १९ दिनदेखि जारी शिक्षक आन्दोलनमा बन्द नभएको सटरहरु आज बन्द गरिएको छ ।

    राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्न लागेपछि व्यवसायीहरुले आफनो पसलमा तोडफोड हुनसक्ने डरले सटर बन्द गराएको हुन् । यसअघि चैत १५ मा भएको राजावादी आन्दोलनमा तीनकुनेमा आन्दोलनकारीले व्यक्तिको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड आगजनी गरेका थिए ।

    aandholan .jpg

    सिंहदरबारमै रोकिए ज्ञानेन्द्र शाही 

    बबरमहल क्षेत्रमा प्रदर्शनमा सहभागी हुन लागेका चारजना नेतालाई संसदीय दलबाट बाहिर निस्किन प्रहरीले रोक लगाएको आरोप नेताहरूले लगाएका छन् ।

    संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका ४ नेतालाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रोकिएको हो । 

    शाहीले आफूहरूलाई बाहिर निस्कन नदिइएको बताए । शाहीका अलावा सांसदहरू ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह र विना जैसवाल पनि भित्रै छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend