२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सिंहदरबार भित्रै प्रहरीको नियन्त्रणमा राप्रपा अध्यक्ष...

सिंहदरबार भित्रै प्रहरीको नियन्त्रणमा राप्रपा अध्यक्ष लिङ्देन

सिंहदरबार भित्रै प्रहरीको नियन्त्रणमा राप्रपा अध्यक्ष लिङ्देन

आइतवार, बैशाख ७ २०८२०२:१६
आइतवार, बैशाख ७ २०८२०२:१६
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो प्रहरीले उनलाई सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । 

    पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए । सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend