काठमाडौं । काठमाडौंबाट लमजुङ बेसिशहर जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसिशहरबाट डुम्रेतर्फ आउँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर तनहुँको कालिमाटिमा एकापसमा ठोक्किँएको छ । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
तनहुँको भानु नगरपालिका वडा नं. १० कालिमाटीमा भएको उक्त दुर्घटनामा लमजुङ बेसिशहरकी अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने स्कूटर चालक सुरेश श्रेष्ठ गम्भीर घाइते छन् । उनको श्रीमती थापाको घटनास्थलमै मृत्य भएको जनाइएको छ । माइक्रोमा सवार अर्का व्यक्ति मनाङ नासोङ गाउँपालिका वडा नं ८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भोटेओडारले जानकारी दिएको छ ।
मृत्यु हुने मन घले काठमाडौंमा भइरहेको शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्कदै थिए। उनी मनाङको नाँसो ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
माइक्रोबसमा सवार १७ जनामध्ये दुई जनालाई पोखरा र एक जनालाई चितवन रिफर गरिएको छ। अन्य ७ जनाको लमजुङको भोटेओडार अस्पतालमा उपचार पछि विभिन्न स्थानमा थप उपचारको लागि पठाइएको छ ।

