२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • अध्यक्ष सहितका नेताहरु पक्राउ परेपछि राप्रपाले...

अध्यक्ष सहितका नेताहरु पक्राउ परेपछि राप्रपाले बोलायो आकस्मिक बैठक

अध्यक्ष सहितका नेताहरु पक्राउ परेपछि राप्रपाले बोलायो आकस्मिक बैठक

आइतवार, बैशाख ७ २०८२०४:४५
आइतवार, बैशाख ७ २०८२०४:४५
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शनमा अध्यक्ष लगायतका नेता पक्राउ परेपछि आकस्मिक बैठक डाकेको छ ।

    सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल गरी सात जनालाई नियन्त्रणमा लिएको छ । 

    नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

    सिंहदरबारबाटै पार्टी अध्यक्ष लगायत नेताहरूलाई पक्राउ गरिएपछि पार्टी कार्यालयमा आकस्मिक बैठक बस्न लागेको हो । यसैबीच राप्रपाको आजको प्रदर्शन सम्पन्न भएको छ ।

    राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सम्पन्न भएको हो । राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend